करिब ४ अर्ब बराबरको साधारण सेयर निष्काशन गर्न बोर्डको अनुमति
८ भदाै, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले करिब ४ अर्ब बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा बोर्डले रु.३ अर्ब ९३ करोड बराबरको साधारण सेयर, रु.१५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, रु.१५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, रु.१० अर्ब ६२ करोड बराबरको डिबेन्चर र गरी कुल
रु.४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १७:२७












