२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

८ भदौ, काठमाडौं । भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १७:१६