२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

८ भदाै, काठमाडौं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी ४ इभी, एमजी कमेट इभी, एमजी जेडएस ईभी, एमजी एसछ इभी, एमजी विन्डसर ईभी, र एमजी आइएमट इभी खरिद गर्दा विशेष सुविधा पाउनेछन्।

पर्व विशेष अफरहरुमा रु.४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर पाइने छ ।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।

प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीले पर्वहरू खुसी, एकता र उत्सवको समय भएकाले ‘पाथ्स अफ स्माइल’ योजनामार्फत ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहेको बताए । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर रहेको उनको भनाइ छ ।
पर्वसँगै एमजीको खुशी

“पाथ्स अफ स्माइल” योजनाले नेपालमा एमजीको प्रिमियम, नविनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउँछ । चाहे दशैं होस्, तिहार वा छठ, एमजी गाडीहरूले थप मूल्य र सुविधा सहित सुरक्षित, सहज र रमाइलो यात्रा सुनिश्चित गर्दछ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १३:५४