प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से
८ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.५४ अंकले घटेर २७५४.४३ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ३७ स्टकको १२९ पटकको कारोबारमा ९० करोड ४२ लाख ४५ हजार ४८८ रुपैयाँ ८० पैसाबराबरको ६ लाख ७६ हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ११:००














