१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड

८ भदाै, काठमाडाैं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।

कम्पनीकाे मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । सोहीमध्येका १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकामध्ये ४ जना भाग्यशालीले थप १/१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन्  ।

यसरी बाँडफाँड गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। अर्थात ४ जनाले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ०९:५३