आज ‘नाडा अटो शो–२०२५’को अन्तिम दिन, तपाईं जानु भयो त ?
८ भदौ, काठमाडौँ । ‘नाडा अटो शो–२०२५’ आज सकिँदै छ । नाडाको यो १७औँ संस्करणको ६ दिनमा १ लाख ४९ लाख हजारले अवलोकन गरेको संयोजक अनुप बरालले जानकारी दिनुभयो । संयोजक बरालले शनिबार मात्र ४५ हजारभन्दा बढीले अवलोकन गरेको बताउनुभयो ।

शोमा चारपांग्रे, दुई पांग्रे सावरी, टायर र ब्याट्रीसहित विभिन्न बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि उपलब्ध छ । प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले नाडा अटो शोको अवलकोकन गर्नुभएको छ ।
नाडामा विभिन्न कम्पनीले छुट सुविधा उपलब्ध गराएका छन ।
(तस्बिरमा प्रधानमन्त्रीको मुख्य सल्लाहकार समेत रहनुभएको एमालेको उपमहासचिव विष्णु रिमाल । उहाँले आइतबार यो तस्बिर आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।)
प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार ०८:३६












