नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष वाग्ले धितोपत्र बोर्ड सदस्यमा नियुक्त
६ भदाै, काठमाडाैं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए. आनन्द राज शर्मा वाग्लेलाई नेपाल धितोपत्र बोर्डको सदस्यमा नियुक्त गरिएको छ। शुक्रबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले उहाँलाई स्वागत गर्दै शपथ गराउनुभएकाे थियाे ।
सो अवसरमा अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले वाग्लेलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रतिनिधि रहने व्यवस्था छ। सोही प्रावधानअनुसार सिए. वाग्लेलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो।
प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १४:१२













