५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपाका नेता कँडेल पक्राउ

६ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको  रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिनुभयाे । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको जनाइएकाे छ ।

गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट प्रहरीले ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेकाे थियाे । यादवको साथबाट प्रहरीले नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १३:२३