२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन

६ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र ३ तथा सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको हो।

यस दिन सानिमा ग्रोथ फण्डको १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश समायोजन भएको हो। समायोजनपश्चात यी दुई फण्डहरुको इकाईमूल्य क्रमशः ९ रुपैयाँ २६ पैसा र ९ रुपैयाँ ५९ पैसा कायम भएको छ। त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को १७ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत लाभांश समायोजनपश्चात इकाईमूल्य क्रमशः ९ रुपैयाँ ५३ पैसा, ९ रुपैयाँ ३२ पैसा र ९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दास्रो बजारमा सानिमा ग्रोथ फण्डको अन्तिम इकाईमूल्य १० रुपैयाँ ८४ पैसा, सानिमा लार्ज क्याप फण्डको ११ रुपैयाँ ६९ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ११ रुपैयाँ ५३ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को ११ रुपैयाँ २ पैसा र सिद्धार्थ इक्विटी फण्डको ११ रुपैयाँ ४८ पैसा कायम भएको थियो।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १०:५०