पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई एक्सेल डेभलपमेन्ट बैंकको आग्रह
६ भदौ, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४/७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो । साथै, सो अवधिमा उक्त लाभांश बुझिलिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १०:२०














