१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

भिजिट नेप्से कार्यक्रम सञ्चालन गर्दै नेप्से

५ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। नेप्सेले एक सूचना प्रकाशित गरि यस्ताे जानकारी गराएकाे हाे।

नेप्सेले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूका साथै आम जनतालाई लक्षित गर्दै नेप्सेसँग सम्बन्धित पूँजी बजारका निकाय तथा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने छ।

कार्यक्रम निःशुल्क हुने छ।‘भिजिट नेप्से कार्यक्रम’ मा सहभागी हुन चाहने शिक्षण संस्थाले पहिले नै नाम, ठेगाना तथा विद्यार्थी सङ्ख्या सहित कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएकाे छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:३९