१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता

५ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको छ । यसदिन कुल ३१९ वटा कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएर ५ अर्ब २ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २४ करोड नौ लाख रुपैयाँकाे कारोबार भएको छ ।त्यस्तै, यस दिन नेपाल पुनर्बीमाको २० करोड नौ लाख रुपैयाँ, बलेफी हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको १३ करोड ४६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ८ लाख रुपैयाँकाे सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:२०