१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

विकास हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

५ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ७.८१ अंकले घटेर २७५९.३८ को बिन्दुमा बन्द भएको छ । यसदिन कुल ३१९ वटा कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएर ५ अर्ब २ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन विकास हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयरमूल्य यस दिन ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी, यस दिन सामुदायिक लघुवित्तको सेयरमूल्य ५.३७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:१३