संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
५ भदाै, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धी विधेयक पारित भएकाे छ । बिहीबार बसेको बैठकले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधेयकमाथि असन्तुष्टी जनाएकाे छ । विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने समितिले जनाएको छ । फरक मतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने समितिका सचिव शिवदत्त बरालको भनाइ छ ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १३:३०








