२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङको नाफा

५ साउन, काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसारचौथो त्रैमाससम्ममा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा २.०५ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ६ करोड ३२ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको बिक्री आम्दानी पनि ८.५१ प्रतिशतले घटेर ९९ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ । चालु सम्पत्ति ५ अर्ब ३७ करोड रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १९.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४१६.७४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १२:३३