छुट्ला है ! पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
५ भदौ, काठमाडौं । ५ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले पनि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थिए। त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार ११:१६












