शिक्षकलाई तलब खुवाउने बाहेक कुनै अधिकार स्थानीय तहलाई छैनः प्रमुख साउद
७ माघ, काठमाडौँ । सुदूरपश्चिम प्रदेश अन्तरगत रहेकाे अछाम जिल्लाकाे रामाराेशन गाउँपालिकाका प्रमुख झंकर साउदले शिक्षकलाई तलब खुवाउने बाहेक शिक्षाको कुनै अधिकार स्थानीय तहले नपाएको बताएका छन ।
कामका शिलशिलमा काठमाडौंमा रहेका साउदले दैनिकीसँग कुरा गर्दै शिक्षाकाे अधिकार संविधानमा लेखिए अनुसार नपाएकाे बताए । उनले माध्यामिक शिक्षासम्मकाे अधिकार संविधानले स्थानीय तहले दिए पनि व्यवहारमा त्यसकाे अभ्यास गर्न नपाएकाे बताए । उनले भने `संविधानले दिएकाे अधिकार एकातिर छ, हामीले अभ्यास गर्ने अर्कैतिर छ । अहिलेसम्म शिक्षकलाई तलब खुवाउनेबाहेक खासै काम हुन सकेेकाे छैन ।´

उनले स्थानीय तहकाे तर्फबाट शिक्षा नीति समेत तयार गरेका छाैँ तर प्रदेश र संघले बनाउनुपर्ने कानुनहरु नबन्दा राम्रो काम हुन सकेकाे छैन । प्रमुख साउदले स्थानीय परिवेश अनुसारकाे शिक्षा आजकाे आवश्यकता रहेकाे बताए ।
प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १८:२७












