२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सम्पर्क कार्यालयको उद्घाटन भोलि, विद्या भण्डारी र ईश्वर पोखरेलले विशेष सम्बोधन गर्ने

४ भदौ, काठमाडौँ । मदन भण्डरीको ७५ औं हिरक जयन्ती मनाउनका लागि सम्पर्क कार्यालय खुलेको छ । भोलि बिहीबार कार्यालयको औपचारिक उद्घाटनको तयारी गरिएको छ । बिहीबार दिउँसो २ बजे एमाले पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन पश्चात विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएपछि त्यसको सम्पर्क कार्यालय खुलेको हो । विगतमा मदन भण्डारीले चुनाव प्रचार प्रसार गर्नका लागि खोलेको घरमा नै अहिले सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

एमालेले विद्या भण्डारीलाई पार्टी सदस्यबाट अलग राख्ने निर्णय गरेपनि राजनीतिक यात्रा कायम रहेको बताउँदै भण्डारीले कार्यकर्ताहरुसँगको सम्पर्क व्यापक बनाउँदै लैजानुभएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार २२:५१