स्वस्तिक लघुवित्तको आईपीओमा १५० गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !
४ भदौ, काठमाडौं। स्वस्तिक लघुवित्तको आईपीओमा मागभन्दा करिब १५० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरि लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २५ लाख २८ हजार ५५१ हजार जनाले २ अर्ब ९३ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९३ लाख ८१ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १५०.५२ गुणा बढी हो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड हुँदा १९ हजार ५१९ जना आवेदकले मात्रै पाउनेछन् । भने २५ लाख ९ हजार भन्दा बढीको हात खाली हुनेछ ।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १६:२७












