बुधबार नेप्से र कारोबार रकम दुबै घट्यो
४ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।
आज विकास हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। उक्त दिन पञ्चकन्या माई हाइडेपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ९.०३ प्रतिशतले घटेको हो ।
यस दिन नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २५ करोड नौ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १५:२८














