विकास हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए धेरै
४ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।
आज विकास हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता २९ रुपैयाँले बढेकाे छ ।त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सकोसेयरमूल्य ७.४२ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.८४ प्रतिशत, बिन्द्यावासीनी हाइड्रोपावरको ३.७४ प्रतिशतले सेयरमूल्य बढेकाे छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १५:२१














