बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
४ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ५.९१ अंकले घटेर २७७०.९९ बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।
यस दिन नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २५ करोड नौ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १५:११














