कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक पुनः स्थगित, चिकित्सा शिक्षा विधयेक अलपत्र
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले विरोध गरेपछि प्रतिनिधि सभाको अाज बसेकाे दोस्रो बैठक पनि स्थगित भएको छ । बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची भएकामा चिकित्सा शिक्षा विधयेक अलपत्र परेकाे छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक भोलि दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको हो ।

कांग्रेसको विरोध पछि बैठक मध्यान्ह १२ बजेर ५० मिनेटमा १५ मिनेटका लागि स्थगित भएको थियो । १५ मिनेटका लागि स्थगित बैठक दिउँसो साढे २ बजे बसेको थियो । दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पतालाई केन्द्र मातहत राख्नुपर्ने मागगर्दै कांग्रेसले सोमवार राष्ट्रिय सभाका बैठक अबरुद्ध गरेको थियो ।
प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १५:५८












