मनमैजुबाट १० लाख बराबरका गरगहना चोरी
४ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख बराबरका गरगहना चोरी भएको छ । मंगलबार दिउँसो मनमैजुस्थित नर्थपोल स्कुल नजिकै तीन तले पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको कोठामा चोरी भएको हो ।
मध्यान्ह ११ बजेतिर ढोकाको ताला फोडेर सुनको सिक्री, औठी, बाला, मंगलसुत्र र नगद २ लाख ३० हजार गरी करिब १० लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १४:१४












