प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने
४ भदौ, काठमाडौं । प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएका छन् ।
एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराउनुभएको छ । योसँगै आज तय भएको प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १२:५०












