लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले बाेलायाे साधारण सभा
४ भदौ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २५ गते आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समूह क को शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार ०९:१७














