दर खुवाउदै नारी निकुञ्ज साउथ अष्ट्रेलिया, लक्की ड्र मार्फत उपहारहरु समेत
एडिलेड । हिन्दु नेपाली नारीहरुको पर्व तीजको उपलक्ष्यमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाले २३ अगष्ट शनिवार तीज २०२५ आयोजना गर्ने भएको छ ।
नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारीका अनुसार कार्यक्रम स्थानिय एभरेष्ट फङ्सन सेन्टर म्यारियनमा नेपाली चर्चित गायक राजन राज शिवाकोटी सहित अन्य स्थानिय कलाकारहरुको सहभागीमा कार्यक्रम हुने भएको छ ।
संयोजक अधिकारीका अनुसार प्रवेश नि शुल्क रहेको कार्यक्रममा एभरेष्ट रेष्टुरेन्टको संचालनको तेस्रो बर्षको उपलक्ष्यमा समेतमा दर खुवाउने कार्यक्रम रहेको बताईन । उनले सहभागीहरुका लागि सुनका गहना सहित लक्की ड्र मार्फत विभिन्न उपहार समेत प्रदान गर्ने बताईन् ।
यसै गरि सहभागीको मनोरञ्जनका आउन लागेका कलाकार शिवाकोटी `यो मन र मेरो” `माया लाग्यो तिमीलाई”, “एउटा मान्छे को”, “मनले भन्यो”, “छाउनी छाउनी”, “फुलको थुङ्गो माटोको माया”, “छम्का छम्की” गित चर्चित छन् ।
काभ्रेली गायक शिवाकोटी नेपाली सङ्गीतका एक प्रतिभाशाली र सम्मानित कलाकार हुन् जसले आफ्नो गायनशैली र मधुर आवाजले श्रोताहरूको मन जित्न सफल भएका छन्। उनको योगदान सङ्गीतको क्षेत्रमा उल्लेखनीय छ।
प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १८:३३












