१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

३ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.७६ अंकले बढेर २७८०.१५ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३६ करोड ६५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सान्भी इनर्जीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ६.९८ प्रतिशतले बढेको हो । त्यसैगरी, यस दिन पियोर इनर्जीको ६.०९ प्रतिशत, इष्टर्न हाइडेपावरको ४.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १५:१४