१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

प्रभु महालक्ष्मी लाइफको सेयर बिक्रीमा

३ भदौ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक  सेयरधनीहरुको स्वामित्वमा रहेको ११ हजार ८५८ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार ११:३०