२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

३ भदाै, काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशमक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नु पर्ने बताउनुभएको छ ।

काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजीत सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हुलाक टिकटले इतिहास जोगाउछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्त गर्छ ।”

सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताको सन्तती हुनुुहुन्छ । उहाँले भारतबाट वाणीज्य शास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत रहनुुभएकोछ । प्रशासन, कुटनीतिक, लेखन लगायत समाजसेवामा उहाँले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिनुुले ठुलो उपलब्धी रहेको मन्त्री गुरुङको धारणा छ । साथै यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा समेत मिल्ने उहाँले बताउनुुभयो ।

हुलाक सेवा विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञ सँगै समाजमा लोपोन्मुख रहेका रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनको समेत हुलाक टिकटमा प्रकाशन गरेर प्रचार प्रसार गर्ने कार्य भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्ती, छोराछोरी सहभागी हुुनुहुुन्थ्यो । जसमा उहाँका माइला छोरा हिमालय पाँडेले बुुबा भीमबहादुर पाँडेको नामम हुलाक टिकट प्रकाशन गर्नुले राष्ट्रबाट पुरै परिवार नै सम्मानीत भएको महशुस गरेको बताउनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, संघर्ष र योगदानबाट आफु सधै प्रेरीत रहेको सुुनाउनुुभयो । खास गरि नेपालको प्रशासनीक क्षेत्रमा उहाँले देखाउनुभएको कुशलता र बुुद्धिमतताले आगामी पुस्ताको लागि महत्वपुर्ण पाठ बनेको सञ्चार सचिव अर्यालको धारणा छ ।

विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार भीमबहादुर पाँडे जस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट केवल कागज मात्रै नभई सिंगो मुलुकको एतिहासीक दस्तावेज रहेको बताउनुुभयो । विभागले राष्ट्रमा योगदा पुुर्याका व्यक्तित्वको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १२:०२