२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

छापामार शैलीमा नेकपा प्रवेश गरेका कांग्रेस नेता तीर्थ भुषालको परिवारले जारी गर्यो यस्तो विज्ञप्ति

७ माघ, काठमाडाैँ । नेपाली कांग्रेसको राजनीतिक गतिबिधिबाट वाक्कदिक्क भएर नेपाल कम्युनिष्ट पार्टीमा छापामार शैलीमा प्रवेश गरेका तीर्थ भुषालको परिवारले विज्ञप्ति जारी गरी घर फर्कन अाग्रह गरेका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विशेष कुराकानी गरेर नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पचण्डको हातबाट टीका र माला ग्रहण गरेर पार्टी प्रवेश गरेका थिए ।

पार्टी प्रवेशपछिमात्र थाहा पाएको भन्दै भुषालको श्रीमति र परिवारका सदस्यले नेपाली कांग्रेसमै फर्किन अनुरोध गरेका छन । तर भुषाल भने नेपाली कांग्रेसले विकास गर्न नसक्ने भएकाले नेकपाको नेतृत्वमा समृद्धि हाँसिल गर्न सहयात्री बन्ने निर्णय लिएको बताउँछन ।

भुषालकी पत्नी शर्मा देवी भुसाल लगायतको जारी गरेको यो विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १३:०५