गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको परमादेश
२ भदौ, काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले हत्याकाण्डको अनुसन्धानको प्रक्रिया अघि बढाउन परमादेश दिएको हो ।
त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए । २०८० जेठ २१ गते अनुसन्धान गर्नका लागि परमादेश माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू श्रेष्ठ र पाण्डेयको इजलासले परमादेश जारी गरेका हुन्।
प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १७:५३









