१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

हाइड्रोपावर कम्पनीको सेयरमूल्य उच्च बढ्याे, यी कम्पनीका लगानीकर्ता मालामाल

२ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से ९.१६ अंकले बढेर २७७०.३९ को बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन युनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ६.१० प्रतिशतले बढेकाे हाे । त्यस्तै, यस दिन अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ५.९४ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य ५.४३ प्रतिशत र दोर्दी खोला जलविद्युतको सेयरमूल्य ४.७८ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १५:२८