सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से ११.७५ अंकले बढेर २७७२.९८ को बिन्दुमा कायम भएको छ ।
आज नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १८ करोड ७५ लाख रुपैयाँ, कालिका पावर कम्पनीको १८ करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १५:१८














