प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
२ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५५ अंकले घटेर २७६०.६७ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको १०२ पटकको कारोबारमा २ करोड ७० लाख २४ हजार ३० रुपैयाँबराबरको १ लाख ४३ हजार ३४१ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १०:५७














