२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

३९० रुपैयाँमै छिमेक लघुवित्तको २३ हजार कित्ता सेयर बिक्रीमा

२ भदौ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको मध्यबोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १०:१०