होटलमा बोलाएर नुवाकोटकी ललिताको हत्या, भारत भाग्दै गरेका श्रीमान सन्तोष पक्राउ
१ भदौ, काठमाडौँ । नुवाकोटकी ललिता बिकको होटलमा बोलाएर आफ्नै श्रीमानले हत्या गरेका छन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बूढानीलकण्ठ नगरपालिका–२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीले साउन २७ मा आफ्नो श्रीमतिको हत्या गरेर भारततिर भाग्दै गर्दा पक्राउ गरेको जानकारी दिनुभएको छ ।
श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरी फरार रहेका सन्तोषलाई आइतबार प्रहरीले पर्साबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा सन्तोषले ललिताको हत्या गरेका थिए ।

परस्त्रीसँग शारिरिक सम्बन्धमा रहेका सन्तोषले सम्बन्ध बिच्छेदका लागि भन्दै होटलमा बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । सन्तोषलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको कार्यालयले जनाएको छ । ललिताले काभ्रेको भुम्लु स्थायी घर भएका सन्तोषसँग २ वर्षअघि विवाह गरेकी थिइन् ।
श्रीमतिको हत्या गरेर होटलको लो बेडमा लुकाएका सन्तोष ससुरीला मान्छेसँग श्रीमति हराएको निवेदन लिएर आफैँ प्रहरीकोमा पुगेको पाइएको छ । होटलवालाले होटलमा गन्ध आएपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि भारततिर भागेका सन्तोष पर्साको वीरगञ्जबाट समातिएका हुन ।
प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार २१:४०












