२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से २७.१४ अंकले घटेर २७६१.२२ को बिन्दुमा पुगेको छ । आज ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो ।

यस दिन ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।यस दिन सम्पदा लघुवित्तको सेयर मूल्य सर्वाधि घटेको छ । कम्पनीको सेयरमूल्य यस दिन प्रतिकित्ता ७.०६ प्रतिशतले घटेको हो । आरबीबी म्युचुअल फन्ड १का लगानीकर्ताले यस दिन सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य यस दिन ७.९३ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १५:२४