आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से २५.७० अंकले घटेर २७६२.६६ को बिन्दुमा पुगेको छ । आज ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन सम्पदा लघुवित्तको सेयर मूल्य सर्वाधि घटेको छ । कम्पनीको सेयरमूल्य यस दिन प्रतिकित्ता ७.०६ प्रतिशतले घटेको हो । त्यसैगरी, यस दिन ट्रेड टावर लिमिटेडको ५.८८ प्रतिशत, प्रभु स्मार्ट फण्डको ४.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १५:१८












