आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से २५.७० अंकले घटेर २७६२.६६ को बिन्दुमा पुगेको छ । आज ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो ।
आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको तीन करोड ५४ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २२ करोड ४२ लाख रुपैयाँ र शिवम् सिमेन्टको २२ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १५:१०












