गुण्डा नाइके राजु गोर्खाली पक्राउ
१ भदौ, काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । आइतबार उनलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका थिए तर उनले टिकट भने पाएनन्।
प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १४:२९












