८५ प्रतिशतले बढ्यो क्रेष्ट माइक्रो लाइफको नाफा
१ भदौ, काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवकोको सोही अवधिको तुलनामा ८५.०२ प्रतिशतले बढेको छ ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३०२.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ४२ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.०३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०४.५१ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १३:३६












