प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्ड प्रस्थान
६ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन अाइतबार राति स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन । जनवरी २२ देखि २५ सम्म स्विट्जरल्यान्डको डाभोसमा हुने बिश्व आर्थिक मञ्चको सभामा सहभागी हुन अोली आइतवार राति त्यसतर्फ प्रस्थान गरेका हुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । सो अवसरमा मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित रहेका थिए । भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी सहभागी छन ।
विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनुहुन्छ । नेपालको प्रगतिसँगै बिश्वमञ्चमा नेपालको छाप परेपछि ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो मञ्चमा सहभागी हुन लाग्नुभएको हो ।
प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ०१:०३