भदौ महिनाका लागि बैंकहरुकाे ब्याजदर घट्यो, प्रभुले मात्रै बढायो
१ भदौ, काठमाडौं। वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदौमा ब्याजदर घटेको हो।
साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६८ प्रतिशत ब्याज दिएका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत ब्याजदर साउनको ४.११ प्रतिशतबाट घटेर भदौमा ३.९६ प्रतिशत पुगेको छ।
साउनको तुलनामा भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका हुन् ।
११ बैंकले ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर स्थिर राख्नेका छन् । भने प्रभुबैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ ।
सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएको छ। बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ ।
यता प्रभु बैंकले साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ। बैंकले अधिकतम ६.२५ प्रतिशत ब्याज दिनेछ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दतिमा सबैभन्दा कम ५ प्रतिशत ब्याज दिने भएको छ ।
| बैंक | साउनको ब्याजदर | भदौको ब्याजदर |
| लक्ष्मी सनराइज | ५.५ | ५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| कृषि विकास | ५.४ | ५.२ |
| एभरेष्ट | ६.२५ | ५.७५ |
| नेपाल | ५.४ | ५.४ |
| नबिल | ५.५ | ५.५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| प्रभु | ४.२५ | ५.३५ |
| स्टान्डर्ड चार्टड | ६.२६ | ५.१३ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| हिमालयन | ६ | ६ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेष्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| एनएमबी | ६ | ६ |
| सिटिजन्स | ५.५ | ५.५ |
| प्राइम कमर्सियल | ६ | ६ |
| कुमारी | ५.४१ | ५.२१ |
| सानिमा | ६.१८ | ५.७५ |
प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार ११:४८












