उपप्रधानमन्त्री इश्वर पोखरेललाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी
६ माघ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओली स्विट्जरल्याण्ड प्रस्थान गरेकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छिन ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड गएपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन ।स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी प्रधानमन्त्री ओली आइतवार राति प्रस्थान गरेपछि उपप्रधान तथा रक्षामन्त्री रहनु भएका पोखरेलले कार्यवहाक प्रधानमन्त्री पाएका हुन ।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ०१:०५