१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

आईपीओ निष्कासन गर्दै टेनेक्स हाइड्रो होल्डीङ्ग

१ भदौ, काठमाडौं । टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले भदौ २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

उक्त सभाले आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायहरूसँग अनुमति माग्ने र यो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभामा गत आवको वित्तीय विवरणहरू पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, प्रथम सञ्चालक समिति चयन गर्नेलगायतका प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १०:४९