२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

३० साउन, काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज पाँच मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको हो।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले  नियुक्त भएका मन्त्रीहरूलाई सपथ गराउनुभएको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा विनु रायमाझी, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, युवा तथा खेलकुद मन्त्रालयमा उर्मिला नेपाल र आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ नियुक्त हुनुभएको छ ।

साउन २० गते मन्त्री नियुक्त हुनुभएको शिवराज अधिकारीलाई पनि विभागीय जिम्मेवारी तोकिएको छ। उहाँलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १६:५४