२९ पुष २०८२, मंगलवार | Wed Jan 14 2026

फड्के तर्ने क्रममा खोलामा खसेर दुई वर्षीया बालिकाको मृत्यु

३० साउन, ताप्लेजुङ । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उनकी आमा शान्ता लिम्बू भने सामान्य घाइते भएकी छिन् ।

फुरुम्बूबाट माइतिघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमाछोरी खोलामा खसेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १६:१५