युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५ करोड २० लाख
३० साउन, काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६३.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड १८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबापत २८ करोड २६ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबापत २८ करोड २६ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.२३ रुपैयाँ, नेटवर्थ १०७.६८ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १३:४८












