२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सिटि होटल १९ करोड ८९ लाख घाटामा, आम्दानीमा पनि गिरावट

३० साउन, काठमाडौं । सिटि होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनी १९ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २० करोड ३२ लाख रुपैयाँ घाटामा थियो ।

यो अवधिमा कम्पनीको आम्दानी ५२ करोड २३ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.३२ प्रतिशतले कम हो । कम्पनीले खर्च भने केही घटाउन सफल भएको छ । समीक्षा अवधिसम्म कम्पनीको कुल खर्च ३७ करोड २० लाख रहेको छ । अघिल्लो आवमा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

१ अर्ब ६७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ३० करोड २ लाख र कुल चालु दायित्व ९० करोड ७१ लाख रहेको छ ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३३.१८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १२:४३